हेटौंडा ११ मा ढिकुरे पाटीको शिलान्यास, वृद्धहरुले वृद्धाभत्ता सहयोग गर्ने
जेठ २५ ,हेटौंडा । हेटौंडा ११ को सरस्वती टोलमा ‘ढिकुरे पाटी’ (क्रिया पुत्री भवन निर्माण) को लागि वृद्धहरुले वृद्धाभत्ता सहयोग गर्ने भएका छन् ।
सरस्वती टोल स्थित सत्यश्वर मन्दिर नजिक बन्न लागेको २ कोठे भवनमा सो स्थानका करिब दुई दर्जन वृद्धहरु सरकारबाट प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता सहयोग गर्ने भएका हुन् ।
वृद्धहरुले एक महिनाको भत्ता उक्त स्थानमा बन्न लागेको ढिकुरे पाटीको लागि सहयोग गर्न लागेको ‘ढिकुरे पाटी’ निर्माण समितिका अध्यक्ष एवम् वृद्ध डम्बर बहादुर बिडारीले जानकारी दिए ।
जेठ २४ सोमबार समिति बनाएर आज शिलान्यास समेत गरिएको छ । एक महिना भित्र निर्माण गरिसक्ने भवनको क्षेत्रफल अन्दाजि साँडे ८ धुर रहेको छ । भवन निर्माणको लागि करिब ५ लाख खर्च हुने समितिले जनाएको छ ।
यसअघि सोहि स्थानमा रहेको ‘ढिकुरे पाटी’ (क्रिया पुत्री भवन) जिर्ण भएर भत्किए पछि समस्या भएको र सोहि स्थानमा वृद्धहरुको सक्रियतामा नयाँ भवन बनाउन लागिएको सरस्वती टोल विकास संस्थाका अध्यक्ष गोकुल बिडारीले बताए । निर्माणमा नपुग भएको खर्च रकम स्थानीय घरधुरीबाट संकलन गरिने बिडारीको भनाई छ ।
‘ढिकुरे पाटी निर्माणको लागि सोमबार हिजो बिडारीको अध्यक्षतामा ९ निर्माण कार्यसमिति बनाईएको छ । सोमबार बनाईएको कार्यसमितिको उपाध्यक्षमा गुनादेवी पराजुली,सचिवमा बालकृष्ण घिमिरे,कोषाध्यक्षमा हरी विष्णु लामिछाने,सदस्यहरुमा जयलाल भट्टराई,गंगादत्त बिडारी,अर्जुन विष्ट,कृष्ण प्रसाद उप्रेती,हिरण्ड्य बिक्रम कुँवर रहेका छन् ।
























