भीमफेदी–कुलेखानी सुरुङमार्गको औचित्य छैन -माओवादी केन्द्र
जेठ २५, हेटौँडा । नेकपा माओवादी केन्द्र बागमती प्रदेशसभा दलले बागमती प्रदेशको गौरबको आयोजनाको रुपमा रहेको पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको कुनै औचित्य नरहेको जनाएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई आउँदो बजेटमा समावेश गर्नुपर्ने विषयको पत्र दिँदै माओवादी बागमती संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रदेशको आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा प्रदेशको गौरवको आयोजनालाई समावेश नगर्न सरकारलाई सुझाव दिएका हुन् ।
एक हप्ता अघि दिईएको ८ पन्ने सुझाव पत्रमा सुरुङमार्ग सहित विद्युयि बस पनि आवश्यक नरहेको बताईइको छ ।
तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त सरकार रहेको अवस्थामा सर्वसंवत रुपमा प्रदेशको गौरबको आयोजनाको रुपमा राखिएको सुरुङमार्ग निर्माणको विषयमा सरकारबाट बाहिरिने वित्तिकै माओवादीकोे फरक धारणा आउनुलाई अर्थपूर्णं ढंगबाट हेरिएको छ ।
तत्कालिन माओवादी केन्द्रका नेता स्वर्गिय पोष्टबहादुर बोगटीको नाउँबाट नामकरण गरिएको सुरुङमार्ग योजनालाई प्रदेश सरकारले सबैभन्दा महत्वपूर्ण योजनाको रुपमा लिँदै आएको छ । सुरुङमार्ग निर्माण स्थलको माटो परिक्षण, डिपिआर निर्माण लगाएतको विषयमा सरकारले लाखौ रुपैया खर्च गरिसकेको अवस्थामा माओवादी केन्द्रले नीजि कम्पनीकै अधिनमा रहेको योजना भन्ने शब्द घुसाएपछि यो विषय थप जटिल बनेको हो ।
सुझावमा भनिएको छ ‘ सुरुङ मार्गको क्षेत्र कानुनी हिसाबले नीजि क्षेत्रले लिएको र उपादिएताको हिसाबले निजगढ–काठमाण्डौ द्र्तमार्ग यसै क्षेत्र नजिबाट जाने भएको कारण सुरुङमार्गको औचित्य नदेखिएकोले यो योजनालाई प्रदेश सरकारले छोड्नु पर्दछ ।
माओवादी केन्द्रले प्रदेश सरकारको अर्को महत्वपूर्ण कार्यको रुपमा रहेको विद्युतिय बस सञ्चालन गर्ने योजनालाई पनि रोक्नु पर्ने बताएको छ । सुझाव पत्रमा अहिलेको अवस्थामा विद्युतिय बस खरिद गर्नुभन्दा पूर्वाधार निर्माणमा ध्यान दिनको लागि सरकारलाई भनिएको छ ।
























