मकवानपुरको कैलाशमा एकीकृत वस्ती निर्माणको काम अन्तिम चरणमा

जेठ २५, हेटौंडा । मकवानपुरको बिकट कैलाश गाउँपालिका वडा नम्बर–१० मलमटारमा एकीकृत वस्ती निर्माण भइरहेको छ । वस्ती निर्माणको काम अन्तिम चरणमा समेत पुगेको छ ।

राष्ट्रिय पुन निर्माण प्राधिकरण अन्तरगतको जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) ले कैलाशमा एकीकृत वस्ती निर्माण गर्नका लागि स्थानीय वासिन्दाहरुलाई सहयोग गरेको छ । सबै पूर्वाधार निर्माणका कामसंगै घरहरु पनि निर्माण गरिएको इकाइका प्रमुख तुलसीराम खवभुजाले वताउनुभयो ।

२०७२ सालको बिनासकारी भुकम्पका कारण यहाँ पछी घरहरु वनाउनका लागि पनि जमिन चिराचिरा परेकाले समस्या भएपछी पुन निर्माण प्राधिकरणले सहयोग गरेको थियो । कैलाशको न्यम्सेदुङमा २०७२ सालको भुकम्पमा पहिरो गएपछी जोखिम पछी पनि यस क्षेधमा घर निर्माण गर्नका लागि समस्या भएकाले वस्तीनै सारेर अर्को स्थानमा एकीकृत वस्ती निर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनका इन्जिनियर रबिन पाठक वताउनुहुन्छ ।

यहाँ एकीकृत वस्ती नर्माण गर्नका लागि सरकारले २ लाख रुपैयाँका दरले जग्गा खरिद गर्न रकम उपलब्ध गराएको थियो । पछी घर निर्माण गर्नका लागि पनि ३ लाख रुपैयाँका दरले उपलब्ध गराएपछी वस्ती निर्माण सुरु भएको उहाँले वताउनुभयो । प्रत्यक घरको डिजाइन पनि कार्यालयले गरेको थियो ।

सबै घरका दुइवटा कोठा र भान्सा समेत छ । प्रत्यक घरमा सौचालय निर्माण गरिदै छ । यस क्षेत्रमा सामुदायिक आवास पनि निर्माण गरिन लागिएको पाठकले वताउनुभयो । खानेपानी र सडक समेत व्यावस्था स्थानीयलाई गर्न लागिएको छ । यहाँको वस्तीको पूर्वाधारका लागि मात्र ४० लाख रुपैयाको लागतमा काम हुँदै छ । असार १० गते सम्म सम्पन्न गर्ने लक्ष राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*