कोरोनाको कारण हेटौंडामा थप २ जनाको मृत्यु

जेठ २६, हेटौंडा । मकवानपुरको हेटौंडामा थप २ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका भित्रका थप २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा हेटौंडा-१४ का ७५ वर्षीय पुरुष र हेटौंडा- १८ का ७२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

७५ वर्षीय पुरुषलाई जेठ १० गते कोरोना पुष्टि भएको र साहि दिन उपचारको लागि हेटौंडा अस्पताल भर्ना गरिएको र गएराति उपचारको क्रममा मृत्यु भएको हो भने ७२ वर्षीय पुरुषलाई जेठ १२ गते कोरोना पुष्टि भएको र उनलाई थप उपचारको लागि जेठ २१ गते हेटौंडा अस्पताल ल्याईएको थियो ।

उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलयले जनाएको छ । यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ८ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*