गाउँ गाउँमा पुगेर भीमफेदी स्काउटले संक्रमितको अवस्था बुझ्दै

जेठ २६, हेटौंडा । भीमफेदी गाउँपालिकामा रहेका कोरोना संक्रमितलाई गाउँ गाउँमा पुगेर भीमफेदी स्काउटले स्वास्थ्य अवस्था बुझेको छ ।

नेपाल स्काउटको बागमती प्रदेश समिती अन्र्तगत स्थानीय स्काउट कार्यालय भीमफेदीले जेठ २२ बाट गाउँपालिकाको सहकार्यमा स्काउटले होम आइसोलेशनमा रहेका कोरोना संक्रमितको घरमै पुगि अक्सिजन लेभल,तापक्रम जाँच गरेका हुन् ।

स्काउटले हालसम्म भीमफेदीको ६,४,३,२,९ र १ नम्बर वडाका २१ जना संक्रमितको स्वास्थ्य अवस्थाको जानकारी लिइसकेका भीमफेदी स्काउटका संयोजक आशिष अस्लामी मगरले जानकारी दिए । अधिकासं संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले उल्लेख गरे ।

स्काउटले बिपद्को समयमा सधै सहयोग र सहकार्यमा गर्दै आइरहेको र यो महामारिमा पनि मानविय दायित्व बहन गर्दै संक्रमितकै घरमा गई स्वास्थ्य अवस्था बुझेको हो संयोजक मगरले बताए । संयोजक मगरको संयोजकत्वमा स्काउटको बागमती प्रदेश समिति तथा भीमफेदी गाउँपालिकाको स्वास्थ्य शाखासंगको समन्वयामा संचालन गरिएको हो ।

स्काउटले हाल गाउँपालिकाको हेल्थ डेस्क तथा पालिकाले संचालन गरेको आइसोलेसनमा भोलेन्टियर पनि परिचालन गरिराखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*