नेप्से दोहोरो अंकले घट्यो

२६ जेठ, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

दिनभर देखिएको तीव्र उतारचढाव पछि बुधबार नेप्से परिसूच्क १३ दशमलव ५६ अंकले घटेर २ हजार ९ सय ४६ दशमलव ५८ अंकमा झरेको छ ।

उता क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव ८३ अंकले घटेको छ । कारोबार रकममा भने उल्लास कायमै छ ।

दिनभर भएका १ लाख ५५ हजार २३९ कारोबारबाट २२१ कम्पनीका ३ करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रुपैयाँ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*