बकैयामा मोटरसाईकल दुर्घटना हुँदा ३ जना घाईते

जेठ २६, हेटौंडा । पुर्वी मकवानपुरको बकैया-४ स्थित सिमात पुलमा मोटरसाईकल दुर्घटना भएको छ ।

केहि बेर अघि भएको दुर्घटनामा मोटरसाईकल चालक सहित ३ जना घाईते भएको प्रहरी चौकी हात्तीसुँडेले जनाएको छ । श्रीपुरबाट जुरेली बजार तर्फ आउँदै गरेको बा २३ प ४७५१ नंबरको मोटरसाईकल आफै अनिन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बकैया-५ राजदमारका मोटरसाइकल चालक ३२ वर्षीय सन्त बहादुर थिङ,२२ वर्षीय प्रदिप थिङ,१९ वर्षीय सुवास थिङ घाईते भएका छन् । मोटरसाईकल चालक थिङलाई थप उपचारको लागि हेटौंडा पठाईएको प्रहरीले जनाएको छ । अन्य दुई जनाको अवस्था सामान्य रहेको प्रहरी चौकी हात्तीसुँडेले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*