मकवानपुरमा आज थप ८३ जनामा संक्रमण पुष्टि , १७७ जनाले जिते कोरोना

जेठ २६, हेटौंडा । मकवानपुरमा आज थप ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय २४ जनामा पिसिआर र एन्टीजेन विधिबाट परीक्षण गर्दा ८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ९ हजार ५ सय ७९ जना पुगेको कार्यलयले जनाएको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा होम आइसोलेसनबाट १ सय ७२ जना र आइसोलेसनबाट ५ जना गरी १७७ जनाले कोरोना जितेका छन् । यो संगै जिल्लामा हालसम्म कोरोना जित्नेको संख्या ७ हजार ६ सय ४२ पुगेको स्वास्थय कार्यलय मकवानपुरले जनाएको छ ।

जिल्लामा हाल १ हजार ६ सय ९९ जना सक्रिय संक्रमित घरमा र १ सय १५ जना संक्रिय संक्रमित आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*