झुठको खेती नगर्नको लागि माधव नेपाललाई श्रेष्ठको अनुरोध

जेठ २६, हेटौँडा । नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले झुठको खेती नगर्नको लागि माधव नेपाललाई अनुरोध गरेका छन् ।

सामजिक सञ्जाल फेसबुक मार्फत उनले जनता जागरुप भैसकेको भन्दै झुठको खेती नर्गन माधव नेपालको समूहलाई सुझाव दिएका हुन् ।

उनले माधव नेपालले अघि सारेको ‘बृहत कम्युनिष्ट एकता’ आफ्नै पार्टी फुटाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रपञ्च भएको शंकेत गरेका छन् ।

उनले प्रश्न गरेका छन स् दिनहु बुढानिलकण्ठ, सानेपा कांग्रेस पार्टी कार्यालय धाएर, एमाले विरुद्ध अप्राकृतिक गठबन्धन गरेर बृहत कम्युनिष्ट एकता संभव छ रु

उनले माधव नेपाल एण्ड कम्पनी भन्दै चुनाव फेस गर्न समेत अनुरोध गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*