आज बागमती प्रदेश सरकारलेले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
जेठ २७, हेटौंडा । आज बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८ र ७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।
बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले आज अपराह्न ३ बजे बस्ने बागमती प्रदेशसभाको आठौं अधिवेशनमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८र०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । मुख्यमन्त्री डोरमणि पौडेललेको अध्यक्षतामा जेठ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति कार्यक्रमलाई स्वीकृत गरेको थियो ।
प्रदेश सरकारले आगामी आबको लागि ५५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । बजेटको प्राथमिकतामा कोभिड-१९ नियन्त्रण तथा रोकथामसहित शिक्षा र कृषि रहेको सरकारका प्रवक्ता आर्थिक मामिला एवं योजनामन्त्री कैलाश प्रसाद ढुङ्गेलले जानकारी दिए ।
प्रदेशसभाको यही जेठ १६ र १७ गतेका बैठकमा सरकारको बजेटको सैद्धान्तिक पक्ष र प्राथमिकताका विषयमा छलफल भएको थियो ।
























