बागमती प्रदेशमा हाल सम्म तीन लाख भन्दा धेरैलाई कोरोना पुष्टि
जेठ २७, हेटौंडा । बागमती प्रदेशमा हाल सम्म तीन लाख २० हजार एक सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत वर्ष र यो वर्ष गरेर हाल सम्म तीन लाख भन्दा धेरैलाई यो प्रदेशमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि भएका मध्यमा हाल सम्म दुइ लाख ८० हजार २ सय ६९ जनाले कोरोनालाई जितेका छन् । कुल संक्रमित मध्यमा ८८ प्रतिशतले कोरोनालाई जितेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तम राज सेढाईले जानकारी दिनुभयो ।
यस प्रदेशमा हाल सम्म कोरोना संक्रमणका कारण तीन हजार ४ सय ६८ जनाको निधन भएको छ । यस वर्ष देखापरेको कोरोना भाइरसको संक्रमण दर भने अहिले घट्दै गएको छ ।
























