आफ्नै घरमा विष सेवन गरेर हेटौंडाका स्याङतानको मृत्यु
हेटौंडा,जेठ २७ । मकवानपुरको हेटौंडामा आफ्नै घरमा विष सेवन गरेर एक जनाले ज्यान फालेका छन् ।
हेटौंडा(१४ नँयाबस्तीका ४५ नवराज स्याङतानले गएराति ११ बजे आफ्नै घरमा विष सेवन गर्दा स्याङतानको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
स्याङतानको उपचारको हेटौंडा स्थित सन्चो अस्पतालमा गएराति १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
























