बकैयाको कृषि सहकारी संस्था मार्फत रासायनिक मल वितरण

 

मकवानपुर, जेठ २७-  मकवानपुरको बकैया गाउँपालिकाको अधिकांश वडाहरुमा कृषि सहकारी सस्था मार्फत रासायनिक मल वितरण सुरु भएको छ । को केहि वडा बाहेक अरु सबै वडाहरुमा विभिन्न सहकारीले मकै बालि र धान बालिका लागि उत्पादन बढाउन सहयोग पुत्याउने युरिया,पोटास्,डिएपि मल सहूलियत दरमा उपलब्ध गराएको सहयात्री सहकारी संस्थाको अध्यक्ष सितराम दहालले बताए ।

लकडाउनको समयमा पनि किसानहरुको खेतीवालिका लागि आवश्यक रासायनिक मल विक्रि वितरण गरि सहयोग पुत्याएको दहालले बताए । मल सहूलियत दरमा उपलब्ध गराउदाँ बकैया गाउपालिकाको किसानहरु व्यापारिक शोषण र कालो बजारिबाट मुक्त भएका छन् ।

हाल प्राय सबै जसो किसानको खेत बारिमा मकैबालि को लागि रासायनिक मल प्रयोग गर्ने वेला भएको छ ।
धान बालिको लागि जोहो गरेर राख्ने समय भएको कारण माँग बढि भएता पनि उक्त सहकारी संस्थाहरुले माँग अनुसारको आपूर्ति गर्न नसकेकोले किसानहरु मारमा परेका छन्।

सहकारी संस्थाहरु लाई रासायनिक मलखाद आपूर्ति गरिरहेको कृषि सामाग्रि कम्पनी लिमिटेट र साल्ट ट्रेडिङ कम्पनी हेटैडाले माग बमोजिम आपूर्ति गर्न नसक्दा किसानलाई समस्या परेको बकैया कृषि सहकारि संस्थाका अध्यक्ष लक्ष्मी घिमिरेले बताईन् । एउटा सहकारि संस्थालाई उक्त कम्पनिले हप्तामा ३०देखि ४० वोरा मल उपलब्ध गराउने गरेको छ ।भने ,सहकारि संस्थामा मल खरिद गर्न दुई सय भन्दा बढि किसान को लाइन हुने गरेको छ।

एक जना गैर सदस्य किसान लाई एक पटकमा १० केजिको दरले र शेयर सदस्य किसानलाई १५ केजिको दरले विक्रि वितरण गर्ने गरेको बकैया कृषि सहकारि संस्थाका अध्यक्ष घिमिरे ले बताइन।किसानलाई रासायनिक मल आपुर्तिको प्रबन्ध मिलाउन जिल्ला समन्वय समितिको बैठकमा छलफल चलाएको र अब छिट्टै सहज र पर्याप्त आपूर्ति हुने स्थानीय मल व्यवस्थापन समितीका संयोजक एवम् बकैया गाउपालिका को उपाध्क्ष सरला बोलखेले बताईन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*