ओली सरकारमा थपिए आज ७ मन्त्री
जेठ २७, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो मन्त्रिपरिषदमा फेरि ७ जना मन्त्री थपेका छन्। यससँग अब क्याबिनेटमा संविधानले तोकेको अधिकतम मन्त्रीको संख्या पूरा भएको छ।
संविधानमा बढीमा २५ जना मन्त्री बन्न सक्ने उल्लेख छ। गृह मन्त्रीमा खगराज अधिकारी चयन भएका छन्। रामबहादुर थापा बादलकी पत्नी नैनकलालाई संचार मन्त्रालयको जिम्मेवारी मिलेको छ।
त्यसैगरी नारदमुनि रानालाई वन तथा वातावरण, ज्वालाकुमारी शाह कृषि, जनता समाजवादी पार्टी जसपाका राजकिशोर यादवलाई उद्योग, गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी मिलेको छ।
राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको नेतृत्वमा २०७८ वैशाख ३१ गते गठित मन्त्रिपरिषदलाई पुनर्गठन गरिएको जनाइएको छ।
























