मकवानपुरमा थप ६२ जनामा कोरोना, एक जनाको मृत्यु

जेठ २७, हेटौंडा । कोरोनाको कारण मकवानपुरमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नंबर ९ की २२ वर्षीया महिला रहेकी छन् ।

उनको गएराति हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । महिलामा जेठ १९ गते कोरोना पुष्टि भएको र साहि दिन हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ९ पुगेको छ ।

यसैगरि मकवानपुरमा आज थप १ सय ४२ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा होम आइसोलेसनबाट १ सय ११ जना र आइसोलेसनबाट ३१ जना गरी थप १ सय ४२ जनाले कोरोना जितेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ७ हजार ७ सय ५३ पुगेको छ ।

यसैगरि आज जिल्लामा थप ६२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ६० जनामा पिसिआर र एन्टीजेन परीक्षणमा थप ६२ जनामा संक्रमण पुष्टि भएको कार्यलयले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ९ हजार ६ सय ४१ पुगेको छ ।

जिल्लामा हाल १७ सय ३० जना संक्रमित घरमा र ९४ जना आइसोेसनमा गरी १८ सय २४ संक्रिय संक्रमित उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*