बागमती प्रदेशमा साईबर अपराध बढ्दो क्रममा छ – महानिरिक्षक लामा

जेठ २८, हेटौंडा । बागमती प्रदेशमा साइबर अपराध बढ्दोक्रममा रहेको छ । यसको नियन्त्रणका लागि प्रहरी लागिपरेपनि सबै पीडितलाई न्याय दिनलाउन सकिएको छैन । साइबर अपराधको कानूनलाई कडाइका साथ पालना गराउनुपर्ने प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक बसन्त कुमार लामा वताउनुहुन्छ । विज्ञान र प्रविधि मानिसको दैनिक जीवनको अभीन्न अंगजस्तै बनिरहेका छन ।

कम्प्युटर, ईन्टरनेट वा ईलेक्ट्रोनिक डिभाईसको प्रयोग गरेर हुने अपराधीक गतिविधी बढ्न थालेको छ । जुनसुकै अपराधमा पनि अब प्रविधी जोडिन थालिसकेको छ । यहि प्रविधीको दुरुपयोगको उपजबाट समाजमा साइबर अपराध पनि बढ्दो क्रममा रहेको उहाँ वताउनुहुन्छ । नेपाल प्रहरीको तथ्यांक अनुसार ईमेल, एसएमएस, र फोन मार्फत जथाभाबी धम्की दिने, नगद माग गर्ने लगाएतका गतिविधी अधिक हुने गरेका छन ।

सामाजिक संजाल प्रयोगकर्ताको नक्कली प्रोफाईल बनाएर संगठितरुमै ठगी गर्ने क्रम पछिल्लो समय तिब्ररुपमा देखीएको छ । नक्कली आईडी बनाई आफु कठिन परिस्थीतिमा रहेकाले आर्थिक सहयोगको अपिल गरेर रकम माग गरी ठगि गर्ने, सामाजिक संजालमा बिभिन्न प्रतिष्ठित कम्पनिहरुको समेत नक्कली आईडि बनाई बिभिन्न चिठ्ठा, पुरस्कार लगाएतका प्रलोभन देखाउने लगाएतका कार्यहरुबाट धेरै जना व्यक्तिहरु पिडित भैसकेका छन । यस्ता प्रलोभन र साथीभाईको अनुरोधका बारेमा थप बुझ्दै नबुझि आर्थीक कारोबार गर्नेहरु ठगिनु परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

साइबर अपराध सम्वन्धी अनुसंधान अहिले काठमाण्डौमा मात्र सिमित रहेकाले यसलाई अब प्रदेश स्तरमा पनि विस्तार गर्नुपर्ने र जिल्ला स्तरमा पनि विस्तार गर्नुपर्ने आवस्यक्ता रहेको डिआइजी लामाले वताउनुभयो । यतिमात्रै नभई नग्न तस्बीरहरुमा व्यक्तिको अनुहार जोडी प्रर्दशन गर्ने धम्की दिई रकम असुल गर्ने, प्रयोगकर्ताहरुको आईडि ह्याक गरी फिरौती माग गर्ने, बिभिन्न क्ःक् मार्फत दुख हैरान दिने क्रम पनि भैरहेको छ ।

समाजको सार्वजनिक शिष्टाचार र नैतिकतालाई मध्येनजर गरी कानुनले प्रकाशन एवम प्रर्दर्शन गर्न रोक लागएको सामाग्रीहरु हाल अत्याधिक प्रयोगमा रहेका सामाजिक संजाल मार्फत प्रकाशन एवम प्रर्दर्शन समेत भैरहका छन । जसले सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरु मात्रै नभई सबै सामाजिक संजाल प्रयोगकर्ताहरुलाई समेत प्रभावित बनाएको छ । काठमाण्डौंमा रहेको साईबर ब्युरोले यी र यस्तै प्रकृतीका घटनाहरुको अनुसन्धान गर्ने गरेको छ ।

चालु आर्थिक वर्ष २०७७।०७८ को जेठ महिनासम्ममा साईबरसंग सम्बन्धीत ३ हजार १ सय ७० वटा उजुरी दर्ता भैसकेका छन् । दर्ता भएका मुद्दामध्ये ८८ प्रतिशतभन्दा बढी मुद्दा फेसबुक तथा म्यासेन्जरसँग सम्बन्धीत रहेका छन् । ब्युरो स्थापना भएको तीन बर्षको अवधीमा २ हजार ८ सय ३ वटा मुद्दा फेसबुक तथा म्यासेन्जरसँग सम्बन्धीत रहेका छन् । बाँकी मुद्दाहरुमा टिकटक सँग सम्बन्धीत ४८ वटा, ईन्स्टाग्राम सँग सम्बन्धीत ४६ वटा, ह्वाट्स् एप सम्बन्धी ३६ वटा, ईमो सम्बन्धी १७ वटा लगायतका रहेका छन् ।

साईबर ब्युरोले गरेको बिश्लेषण अनुसार २० देखी ३० वर्ष उमेर समुहका पुरुष व्यक्तिहरु साईबर अपराधमा बढी संलग्न छन् भने पिडित हुनेमा महिलाको संख्या धेरै रहेको छ । साइबर अपराधमा संलग्न ब्यक्तिलाई अपराधको प्रकृती अनुसार ५० हजार देखी २ लाखसम्म जरिवाना वा ६ महिनादेखी ५ वर्षसम्म कैद संजाय हुने कानुनी व्यवस्था रहेको छ ।

आफ्नो व्यतिगत विवरण सार्वजनिक गर्ने, पासवर्ड सियर गर्ने, अनावश्यक एप्लिकेशनहरु डाउनलोड गर्ने, सामाजिक संजालहरुका साथै ईमेल मार्फत आउने प्रलोभनका बारेमा थप जानकारी नलिने, मजबुत सुरक्षा प्रणाली नअपनाई बिभिन्न आईडिहरु प्रयोग गर्ने लगाएतका गतिविधीका कारण धेरै व्यक्तिहरु पिडित हुनुपरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*