मनहरीमा मोटरसाईकल दुर्घटना, २ जना घाइते एकको अवस्था गम्भिर
जेठ २८, हेटौंडा । मकवानपुरको मनहरीमा एक मोटरसाईकल दुर्घटना हुँदा सडकबाट अन्दाजी एक सय मिटर तल खसेको छ ।
लु ६२ प १००६ नंबरको मोटरसाईकलमा सवार दुई जना घाईते भएका छन् भने एक जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्ययल मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
मनहरी गाउँपालिकाको वडा नंबर ६ मा मनहरीबाट रुपाचौर जाने सडकमा आफै अनियन्त्रीत हुँदा दुर्घटनामा घाईते भएका दुई जना श्रिमान,श्रिमती रहेको प्रहरीको भनाई रहेको छ ।
घाईते हुनेहरुमा पुरुषको अवस्था गम्भिर रहेको र महिलाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय मकवानपरले जनाएको छ ।
























