प्रधानमन्त्री निवास घेराउ गर्न पुगेका नागरिक अगुवाहरु पक्राउ

काठमाडौं, जेठ २८ – चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेपको विरोधमा नागरिक अगुवाहरुले प्रधानमन्त्री निवास बालुटार अगाडि प्रदर्शन गरेका छन्। शुक्रबार ११ बजे गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै नागरिक अगुवाहरुलाई पक्राउ गरेको छ।

‘‘स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन, संविधानमा प्रतिगमन, राजनीतिमा प्रतिगमन, जनस्वस्थ्यमा प्रतिगमन हामीलाई स्वीकार्य छैन, निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने, सरकारी अस्पतालबाट विरामी लखेटिने’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर नागरिक अगुवाहरुले प्रदर्शन गरेका थिए ।

सो पर्दशनबाट प्रहरीले नारायण वाग्ले, युग पाठक, खगेन्द्र संग्रौलालगायतलाई नियन्त्रणमा लिएको छ। चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेपलगायतका समसायिक विषयमा विरोध प्रदशएन गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*