मन्त्रिपरिषद विस्तार संवैधानिक नै छ – अधिवक्ता डा. महतो

काठमाडौं, २८ जेठ । अधिवक्ता डा. सुरेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै गरेको मन्त्रिपरिषद विस्तार संविधानसम्मत् नै रहेको दाबी गरेका छन् ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘प्रधानमन्त्रीले गर्नुभएको मन्त्रिपरिषद विस्तार संवैधानिक नै हो । प्रधानमन्त्री ओलीले चालेको पछिल्लो कदम संविधानअनुसार नै रहेको स्पष्ट पारे ।

तर, अर्का अधिवक्ता डा. दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद् विस्तार गर्ने अधिकार नै नभएको जिकिर गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*