आज कांग्रेस पदाधिकारी बैठक बस्दै

जेठ २९, काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलण्ठमा दिउँसो २ बजे बस्नेछ । बैठकमा विकसित राजनीतिक घटनाक्रम र आगामी १४औँ महाधिवेशनका विषयमा छलफल हुने देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।

कांग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने मिति तय गरेको छ । तर अहिलेसम्म क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम सकिएका छैनन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*