समृद्धिको मिसन बोकेर करोडौं जनताको हृदयमा बस्न सफल ओलि एक्लै छैन – अध्यक्ष श्रेष्ठ

जेठ २९, हेटौंडा । बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको नामनै लिएर आपत्तिजनक अभिब्यक्ति दिएका कांग्रेस सांसद नरोत्तम वैद्यको व्यापक आलोचाना भईरहेको छ ।

यसैबिच एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले पनि वैद्यको अभिब्यक्तिलाई लिएर काङ्ग्रेस लोकतान्त्रिक मान्यताबाट च्युत भएको बताएका छन् । शनिबार बिहान फेसबुक स्टाटस लेख्दै अध्यक्ष श्रेष्ठले भनेका छन्स् नेपाली कांग्रेसका बागमती प्रदेशका सांसद नरोत्तम बैद्यले प्रधानमन्त्री “केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको ” बताएका छन । काङ्ग्रेस , माओवादी , माधव, उपेन्द्र समूह अहिले केपी ओलिको बिरुद्ध राजनैतिक लडाइँमा पराजित भएपछि हत्या गर्ने योजनामा रहेको खुलेको छ ।

काङ्ग्रेस लोकतान्त्रिक मान्यताबाट च्युत भएकै हो । रास्ट्रिय स्वाभिमान , लोकतन्त्र , समृद्धिको मिसन बोकेर करोडौं जनताको हृदयमा बस्न सफल केपी ओलि एक्लै छैन । एमालेजन र केपी ओलि फ्यानहरुको हातमा दही जमाएर बसेको छैन । हरपल प्रतिवाद गर्न तयार छ ।

सांसद बागमती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए । कांग्रेस सांसदको सो अराजकतापूर्ण अभिव्यक्तिको सर्वत्र निन्दा भइरहेको छ ।

प्रधानमन्त्रीको हत्या गर्न तयार रहेको अभिव्यक्ति दिने सांसद वैद्यलाई तुरुन्त पक्राउ गरी आवश्यक कारबाही थाल्नसमेत देशव्यापी माग भएको छ । वैद्यले महात्मा गान्धीको उदाहारण दिँदै केपी ओलीका लागि आफू नाथुराम गोट्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । १९४८ जनवरी ३० मा महात्मा गान्धीको हत्या नाथुराम गोड्सेले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*