आफुले आपत्तिजनक शब्द बोलेको भन्दै सांसद नरोत्तमले मागे माफी

जेठ २९, हेटौँडा । प्रधानमन्त्रीको सन्दर्भमा आपत्तिजनक अभिव्यक्ति दिएका वागमती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले शुक्रवारको बैठकमा आफूले बोलेका अभिव्यक्ति गलत रहेको स्वीकार गर्दै माफी मागेका छन् ।

आज बागमती प्रदेशसभामा समय लिएर बोल्दै उनले आफुले बोलेको शब्द फिर्ता लिएका हुन् । उनले आफुले बोलेको शब्द आपत्तीजनक रसंसदीय मर्यादा विपरित रहेको महशुस गर्दै आत्मआलोचना गर्दै आफुले बोलेको अभिब्यक्त फिर्ता लिएको जनाएका छन् ।

वैद्यले सांसदले संसदमा बोलेको कुरामा कहिँ कतै मुद्दा नलाग्ने भन्ने बुझेर बढी नै बोलेको स्वीकार गरे । वैद्यले माफी मागेपछि सभामुख सानुकुमार श्रेष्ठले उनको भनाइ रेकर्डबाट हटाइएको जानकारी बैठकलाई गराएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*