हाल सम्म मकवानपुरमा २४ हजार ६४५ जनाले लगाए खोप
जेठ ३०, हेटौंडा । मकवानपुर जिल्लामा कोरोना भाइरसका बिरुद्धमा खोप लगाउनेहरु हाल सम्म २४ हजार ६ सय ४५ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कोरोना खोप लगाउने अधिकांश लक्षित वर्गका रहेका छन् ।
यस मध्यमा पनि कोभीसिल खोप लगाउनेहरु २१ हजार ४ सय ३ जना रहेका छन् । अहिले पछील्लो समयमा आएको भेरोसेल खोप लगाउनेहरु ३ हजार २ सय ४२ जना रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
पहिलो खोप स्वास्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, कर्मचारी, नेपाली सेना र बृद्धबृद्धाले लगाएका छन् । ती मध्यमा थोरै मात्रले दोस्रो खोप लगाउन पाएका छन् ।
दोस्रो खोप बेलैमा प्राप्त नभएर लगाउन नपाउनेहरु पनि धेरै रहेका छन् । दोस्रो खोप लगाउनेहरु भनेको ६ हजार २ सय ७१ जना मात्र रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
























