हाल सम्म मकवानपुरमा ९ हजार ७१६ जनामा कोरोना पुष्टि, ११० जनाको मृत्यु

जेठ ३०, हेटौंडा । मकवानपुर जिल्लामा हाल सम्म नौ हजार सात सय १६ जनामा कोरोना भाइरस संक्रमण भएको छ । कोरोनाको पहिलो र दोस्रो लहरमा समेत गरेर नौ हजार जना भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण भएका मध्यमा एक सय १० जनाको निधन भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।निधन भएका मध्य धेरैजसोको उपचारका क्रममा अस्पतालमा र कोहीको भने अस्पतालमा पुर्याउन नपाइकन निधन भएको पाइएको छ । कोरोनाको महामारीले अन्य जिल्ला जस्तै मकवानपुरमा पनि धेरैलाई समस्यामा पारेको छ ।

मकवानपुरमा हाल सम्म ३१ हजार १ सय ४२ जनाको कोरोना परिक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाको संक्रमणपछी बिभीन्न आइसोलेसन र अस्पताल समेत गरेर आठ हजार नौ जना डिस्चार्ज भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*