मकवानपुरमा फेरि एक हप्ता निषेधज्ञा थप्ने तयारी
जेठ ३०, हेटौँडा । मकवानपुर जिल्लामा थप एक हप्ता निषेधज्ञा थप्ने तयारी गरिएको छ । असार १ गतेसम्म जारी रहेको निषेधज्ञालाई थप एक हप्ता थप्ने तयारी भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
आज मध्यान्न बस्ने कोभिड संकट ब्यवस्थापन समितिको बैठकले निषेधज्ञाको केहि ‘मोडालिटि’ परिवर्तन गरेर निषेधज्ञालाई एक हप्तासम्म थप्ने सिफारिस गर्न सक्ने कार्यालयको भनाई छ ।
कोरोना संक्रमणको दोश्रो लहर फैलिएपछि गत बैशाख तेश्रो साताबाट मकवानपुरमा निषेधज्ञा लगाईएको थियो ।
























