आज स्वदेश फर्किदै नेपाली राष्ट्रिय फुटबल टोली

काठमाडौं, ३० असार । फिफा विश्वकप तथा एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदैछ ।

छनोटको बाँकी रहेको तीन खेल खेलेर २३ खेलाडीसहित ३६ सदस्सीय नेपाली टोली आज स्वदेश आईपुग्ने छन् । नेपाली टिम कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं ओर्लने छन् । छनोटमा नेपालले चाईनिज ताईपे, जोर्डन र अष्ट्रेलियाको सामना गरेको थियो ।

नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेका थियो । यस्तै जोर्डनसँग ३–० गोल अन्तरले पराजित नेपाल अष्ट्रेलियाविरुद्ध समेत ३–० गोल अन्तरलेनै पराजित भएको थियो ।

नेपालको विश्वकपको तेस्रो चरण पुग्ने सम्भावना यसअघि नै सकिएको थियो । तर, नेपालको प्ले अफबाट एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावना भने बाँकी रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*