गण्डकीमा प्रतिगमनको मतियारलाई हटाउन सफल भयौँ – जनमोर्चा

गण्डकी, जेठ ३० – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा ओलीको प्रतिगमनको मतियार सरकारलाई हटाउन विपक्षी गठबन्धन सफल भएको टिप्पणी गरेको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ती जारी गर्दै संसद भंग गरी मध्यावधि चुनाव गराउने षडयन्त्रलाई पनि गठबन्धनले विफल बनाएको दाबी गरेका हुन् ।

जसरी केपी ओलीले झुटो र गलत दाबी प्रस्तुत गरी संसद भंग गरी मध्यावधि चुनाव गराउनका लागि षडयन्त्र गरेका थिए, ठीक त्यसै प्रकारले गण्डकीमा पनि त्यस प्रकारको षडयन्त्र यहाँको सरकारले पनि गरेको थियो । त्यो षडयन्त्रलाई प्रतिगमनविरोधी सम्पूर्ण राजनीतिक दल, प्रेस जगतले असफल पारेका छन्, विज्ञप्तीमा भनिएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*