लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित

लुम्बिनी,जेठ ३०-  लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८र७९ नीति तथा कार्यक्रम पारित भएको हो ।

नीति कार्यक्रम गएको मंगलबार (२५ गते) सभामा प्रस्तुत भएको थियो । सभामुख पूर्ण बहादुर घर्तीले नीति तथा कार्यक्रम पारित भएको जनाए । नीति कार्यक्रममाथि उठेका जिज्ञासामाथि मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिएपछि सदनमा सभामुखले नीति कार्यक्रम पारित गर्ने प्रस्ताव निर्णयार्थ सभामा प्रस्तुत गरेका थिए ।

उनले प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन् । विपक्षी दलहरु नीति कार्यक्रम असफल बनाउने रणनीतिमा रहेपनि सरकारको नीति कार्यक्रम भने पास भएको छ । कांग्रेस सहितको चार दलीय विपक्षी गठबन्धनले मुख्यमन्त्रीको नियुक्ती प्रकृया अवैधानिक भएको र त्यसमा प्रदेश प्रमुख यादवले साथ दिएको भन्दै विरोध गर्दै आएका थिए ।

आइतबार पनि जसपा (उपेन्द्र यादव) पक्षले नीति कार्यक्रमको विपक्षमा उभिन ह्वीप जारी गरेको थियो । सभामा आइतबार सत्तापक्ष प्रतिपक्षका सांसदहरु उपस्थित थिए । कोभिड–१९ को महामारी नियन्त्रण, व्यवस्थापन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम ल्याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*