मकवानपुरमा थप ८१ जनालाई कोरोना पुष्टि, २२१ जनाले जिते कोरोना

जेठ ३०, हेटौँडा । मकवानपुरमा आज ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा पिसिआर मार्फत गरिएको परिक्षणमा ३७ तथा पिसिआर मार्फत गरिएको परिक्षणमा ४४ जना गरि ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

परिक्षणको क्रममा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिका क्षेत्रमा ३३ जनामा पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मकवानपुरमा कोरोना संक्रमणको कारण कसैको पनि ज्यान गएको छैन् ।

पछिल्लो २४ घण्टामा मकवानपुरमा २ सय २१ जनाले कोरोना संक्रमणलाई जितेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*