मकवानपुरमा एक हप्ताको लागि निषेधज्ञा थप्न सिफारिस

जेठ ३०, हेटौँडा । मकवानपुरमा असार १ गतेबाट थप १ हप्ता निषेधज्ञा थप हुने भएको छ । आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले प्रमुख जिल्ला अधिकारीलाई एक हप्ता निषेधज्ञा थप्न सिफारिस गरेको हो ।

बैठकले निषेधज्ञाको मोडालिटी भने परिवर्तन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दिएको अनुसार असार १ गतेबाट खाद्यन्न, तरकारी, फलफुल, दुग्धजन्य पसलहरु बिहान १० बजेसम्म सञ्चालन हुने छ । यो बाहेक स्टेस्नरी, मोवाईल, अटो, मोटरसाईकल मर्मत सेन्टर पनि बिहान सोहि समयमा सञ्चालन हुनेछन् ।

यसअघि हप्तामा ३ दिनमात्र खुल्ने गरेको बैंकहरु अव प्रत्येक दिन बिहान १० बजेबाट २ बजेसम्म सञ्चालन हुने छ । वित्तिय सहकारी पनि खुल्नेछन तर बजारमा पैसा संकलन गर्न भने पाउनेछैन ।

बुँदामा हेर्नुस

-खाद्यन्न, तरकारी, फलफुल तथा दुग्धजन्य ब्यवसाय बिहान १० बजेसम्म सञ्चालन हुने(प्रत्येक दिन)
– स्टेस्नरी पसल, मोवाईल, अटोमोवाईल मर्मत बिहान ९ बजेसम्म (प्रत्येक दिन)
-बैंक दिनको बिहान १० बाट दिउँसो ३ बजेसम्म सञ्चालन हुने (प्रत्येक दिन)- वित्तिय सस्था, सहकारी, रेमिट्यान्स दिउँस २ बजेसम्म सञ्चालन हुने ९प्रत्येक दिन०-मार्टहरु पनि दिउँस १० बजेसम्म सञ्चालन हुने ( प्रत्येक दिन)
सहकारीको हकमा बजारबाट रुपैँया संकलन गर्न नपाईने ब्यवस्था गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*