पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना

हेटौंडा, जेठ ३१ -पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

अहिले उनको स्वास्थ्य स्थिती सामान्य रहेको र आरामको लागि थप केही दिन हस्पिटल मै रहनुपर्ने उपचारमा संलग्न डाक्टरहरुले बताएको समेत सचिवालयले जनाएको छ ।

यसअघि गत महिना उनलाई कोरोना संक्रमण देखिएको थियो भने केही समयको अस्पताल बसाईपछि निको भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*