हेटौंडाबाट खैरो हेरोईन जस्तो पदार्थ बेच्दै गरेका २ जना प्रहरी नियन्त्रणमा
जेठ ३१, हेटौंडा । हेटौंडाबाट आइतवार खैरो हेरोईन जस्तो देखिने पदार्थ बेच्दै गरेका २ जना प्रकाउ परेका छन् ।
आइतवार दुई बजेको समयमा प्रहरी चौकी भुटनदेवीबाट खटिएको प्रहरी टोलीले हेटौंडा १० स्थित राममन्दिर मोड नजिकै लागुऔषध बिक्री बितरण गरिरहेको भन्ने सूचनाको आधारमा दुई जनालाई प्रकाउ गरेको हो ।
प्रकाउ पर्नेमा हेटौडा १ घर भई हाल हेटौंडा १० राममन्दिर मोडमा डेरा गरी बस्ने अन्दाजी वर्ष ३१ को हेमजंग बानियाँ र हेटौंडा १ बस्ने बर्ष ३४ को सुरेश परियार रहेका छन् ।
उनीहरुको साथबाट खैरो हिरोईन जस्तो देखिने १४ ग्राम र नगद ३ लाख६८ हजार २५० रुपैया २००० फेला परेको हो । उनीहरुलाई उक्त लागु औषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जानकारी दिएको हो ।
























