पोष्टबहादुरको नामबाट सुरुङमार्ग नबनाउन माओवादीको माग

३१ जेठ, काठमाडौं । बाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र७९को नीति तथा कार्यक्रममा भीमफेदी–कुलेखानी खण्डमा बन्ने ‘पोस्टबहादुर बोगटी’ सुरुङ मार्ग बनाउन सुरु गर्ने घोषणा गर्‍यो । यो सुरुङमार्गको आर्थिक र सञ्चालन सम्भाव्यतामाथि प्रश्न उठिरहेकै थियो, अहिले भने प्रस्तावित सुरुङमार्गबारे राजनीतिक रूपमै विवाद सुरु भएको छ ।

माओवादी नेता पोस्टबहादुर बोगटीको नाममा राखिएको यो सुरुङमार्ग निर्माण नगर्न नेकपा माओवादी केन्द्रले नै प्रदेश सरकारसँग ज्ञापनपत्र बुझाएर माग गरेको छ । उसले पोस्टबहादुर बोगटीको नामबाट टोखा–छहरे वा खुर्कोट–चियाबारी खण्डमा सुरुङमार्ग बनाउन विकल्प दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*