ओलीद्वारा नेपाल र खनाल समूहसहितको स्थायी समिति बैठक बोलाउने तयारी

जेठ ३१, काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल–झलनाथ खनालसहितको स्थायी समिति बैठक बोलाउने तयारी गरेका छन् ।

अध्यक्ष ओलीले यसअघि नेपाल–खनाल पक्षलाई एकताका लागि राखेको ६ बुँदे प्रस्तावका आधारमा २०७५ जेठ २ गते कायम स्थायी समितिको बैठक बोलाउने तयारी गरेका हुन् । मिति नै तय नभए पनि बैठकको तयारी भइरहेको र त्यसका लागि खनाल नेपालको समेत सहमति ओलीले खोजेको बताइएको छ ।

एमालेको दसौं महाधिवशेन आयोजक समिति आधिकारिक संरचना नभएको भन्दै केही दिनअघि सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पनि बैठकका लागि ओली तयार भएको बताइएको छ ।

विष्णु पौडेलसहित ओली पक्षका दोस्रो तहका नेता एमालेका दुई पक्षको मिलन गराउन प्रयासरत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*