मकवानपुरको झुरझुरेमा १५० क्युफिट चिरान काठ सहित टिपर बरामद
असार १, हेटौंडा । मकवानपुरको झुरझुरेमा १ सय ५० क्युफिट चिरान काठ र टिपर बरामद गरिएको छ । स्थानीयले प्रहरीलाई खवर गरेपछी काठ र टिपर नियन्त्रणमा लिइएको थियो । टिपरका चालक र काठ लोड अनलोड गर्नेहरु भने फरार रहेको प्रहरीले जनाएको छ ।
धरान चतरा सडकखण्ड अन्र्तगत बागमती गाउँपालिका वडा नंम्बर–४ झुरझुरे बजार स्थित सडकमा बा ३ ख ६९५१ नम्बरको टिपरमा लोड गरी त्रिपालले छोपेर राखेको अवस्थामा १ सय ५० दशमलब ३३ क्यूफिट सालको काठ फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालय फापरवारी मकवानपुरबाट खटिएको प्रहरी टोलिले सोमबार टिपर सहित बेवारिसे अवस्थामा सालको चिरान काठ बरामद गरेको हो । चिरान काठ टिपरमा लोड गरिएको अबस्थामा फेला परेको हो ।
अवस्थाको चौकस, झ्याल, ढोकामा खाँच काटेको, चिरान र फेण्टा समेत गरी १ सय ५०।३३ क्यू फिट सालको काठ बरामद गरिएको बताउनुभयो । बरामद गरीएको उक्त सालकोे काठ र टिपरलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रवक्ता रिमालले बताउनुभयो ।
























