हेटौंडामा जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी अध्यापन गराउन अनुमति

असार १, हेटौंडा । हेटौंडामा स्वास्थ्यका तीन संकायमा स्नातकतह अध्यापन गराउन अनुमति प्राप्त भएको छ । बागमती प्रदेशको मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी अध्यापन गराउनका लागि अनुमति प्राप्त भएको हो । जसमा प्रदेश सरकारले ७५ प्रतिशतलाई निशुल्क अध्यापन गराउने भएको छ ।

चिकीत्सा शिक्षा आयोगले प्रतिष्ठानलाई तीन संकायमा अध्यापन गराउनका लागि अनुमति दिएको हो । प्रतिष्ठानले अब पहिलो शैक्षिकसत्रमा स्वास्थ्यका तीन संकायमा अध्यापन गराउने भएको छ ।

आयोगले जनस्वास्थ्यमा २० जना, फार्मेसीमा ३० जना र मेडीकल ल्याबटेक्नोलोजीमा ३० जनालाई अध्यापन गराउनका लागि अनुमति प्राप्त गरेको मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईंले वताउनुभयो । चिकित्सा शिक्षा आयोगल छनोट गरेका ७५ प्रतिशत बिद्यार्थीलाई प्रदेश सरकारले निशुल्क रुपमा पढाउन लागेको उहाँले जानकारी दिनुभयो ।

प्रदेशको प्राथमिकतामा रहेको प्रतिष्ठानले चालू शैक्षिक सत्रबाट नै चिकित्सा शिक्षा आयोगबाट कक्षा सञ्चालनको अनुमति पाएको हो । प्रतिष्ठान अन्तरगत अहिले हेटौंडा अस्पताल सञ्चालन हुँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*