मकवानपुरमा जित्नेको संख्या बढ्दै, आज थप ९२ जना कोरोना मुक्त
असार १, हेटौंडा । मकवानपुरमा कोरोना जित्नेको संख्या बढ्दै गएको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना पुष्टि हुने भन्दा जित्नेको संख्या दोब्बर रहेको छ। स्वास्थ्य कार्यालय मकवानपुर अनुसार आज ४३ संक्रमित थपिदा ९२ जना कोरोना मुक्त भएका छन् ।
जिल्लामा हाल १३ सय ४ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ११ जनाको ज्यान गएको छ ।
























