बागमती प्रदेशका नागरिकलाई खोप लगाउन २ अर्बको खोप किनिने
असार १, हेटौँडा । बागमती प्रदेश सरकारले बागमती प्रदेशको १३ जिल्लाका जनतालाई चाँडोभन्दा चाँडो कारोना बिरुद्धको खोप लगाईने भन्दै २ अर्ब रुपैँया बजेट बिनियोजन भएको छ ।
आर्थिक वर्ष २०७८–०७९ को बजेट प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले सो घोषँणा गरेका हुन् ।
























