कोरोनाको कारण आमाबाबु गुमाएका बालबालिकालाई बागमती प्रदेशले मासिक ३ हजार भत्ता दिईने
असार १, हेटौँडा । बागमती प्रदेश सरकारले कोभिड–१९ को कारण बाबुआमा दुबैजना गुमाएका बालबालिकालाई मासिक ३ हजार रुपैँया सामजिक सुरक्षा भत्ता दिने भएको छ ।
कोभिड बाहेक अन्य कारणले बाबुआमा दुबै गुमाएका बालबालिकाको हकमा मासिक २ हजार सामाजिक सुरक्षा भत्ता दिईने भएको छ । आर्थिक वर्ष २०७८–०७९ को बजेट प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले सो घोषँणा गरेका हुन् ।
























