बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धारमा जुट्न प्रचण्डको आग्रह

हेटौंडा, असार २- देशका विभिन्न भागमा बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले संकटको यो घडीमा पीडितहरुको उद्धारमा जुट्न पार्टीका कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

यसैबीच अध्यक्ष प्रचण्डले सरकारलाई पनि तत्काल राहत तथा उद्धार कार्यमा जुट्न आग्रह गरेका छन् ।प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’का अनुसार प्रचण्डले बुधबार बिहान उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँग टेलिफोन वार्ता गर्दै पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न आग्रह गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*