मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरद्वारा स्वास्थय सामग्री सहयोग अभियान जारी
असार २, हेटौंडा । मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरले कोरोना संक्रमणको जोखिममा पनि खाद्यन्न तथा स्वास्थय सामग्री सहयोग अभियान जारी राख्ने भएको छ ।
जिल्ला खेलकुद विकास समिति मकवानपुर संगको संयुक्त आयोजनामा सहयोग अभियान जारी राखेको एकेडेमीले आज मनहरी गाउँपालिकाको आइसोलेसनको लागि ८ बोरो चामल,२५ कार्टुन पानी,५ कार्टुन जुस,अक्सिजन रेगुलेटर ४ वटा,अक्सिजन मास्क ५ पिस सहयोग गरेको हो ।
आज गाउँपालिकाको मनहरी अस्पतालमा गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलाई जिल्ला खेलकुद विकास समिति मकवानपुर अध्यक्ष सानु लामा एकेडेमीका केन्द्रीय सदस्य नवीन सिग्देल,जिल्ला अध्यक्ष प्रकाश सुवेदी लगाएतले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
कोरोना संक्रमित बिरामीहरुको लागि सहयोग अभियान सुरु गरको एकेडेमीले हेटौंडा अस्पतालमा अक्सिजन सिलिण्डर,भीमफेदी आइसोलेसन र गौरिटार आइसोलेसनमा खाद्यन्न लगाएत स्वास्थय सामग्रीहरु सहयोग गर्दै आईरहेको छ ।
























