कोरोनाको कारण मकवानपुरमा थप २ जनाको मृत्यु
असार २, हेटौंडा । मकवानपुरमा थप २ जना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचारत हेटौंडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिका भित्रका एकएक जनाको मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा हेटौंडा १३ को ६७ वर्षीया रहेकी छ् । उनको हिजो असार १ गते दिउँसो ४ बजे उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । मृतक महिलामा जेठ २८ गते कोरोना पुष्टि भएको र सोहि हटौंडा अस्पताल भर्ना गरिएको थियो ।
यसैगरि मृत्यु हुनेमा भीमफेदी ९ को ३१ वर्षीया महिला रहेकी छन् । उनको जेठ ३१ गते राति उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । उनलाई जेठ २४ गते कोरोना पुष्टि भएको र सोहि दिन उपचारको लागि हेटौंडा अस्पताल भर्ना गरिएको थियो ।
यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १३ पुगेको छ ।
























