झलनाथले महासचिव ईश्वरलाई पार्टी मिलाउन गरे आग्रह 

हेटौंडा, असार २- नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले उपचारका लागि दिल्ली उड्नुअघि महासचिव ईश्वर पोखरेललाई पार्टीमा देखिएको विवाद मिलाउन आग्रह गरेका छन्।

तीन दिनदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत खनालको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि भारतको दिल्लीस्थित एपोलो अस्पतालमा लगिँदैछ।

पार्टीमा देखिएको विवादले आफूलाई गम्भीर बनाएको बताउँदै खनालले महासचिवको भूमिकामा रहेर एमालेलाई एक बनाउन लाग्न आग्रह गरेको पूर्व उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।

‘पार्टीमा देखिएको विवादलाई लिएर उहाँ निक्कै गम्भीर हुनुहुन्थ्यो, उपचारमा जान लाग्दा पनि एमाले एक बनाउने कुरामा जोड दिनुभयो’, पाण्डेले भने, ‘उहाँले महासचिव पोखरेललाई पार्टी मिलाउने भूमिका खेल्न आग्रह गर्नु भएको छ।’

जवाफमा पोखरेलले राम्रोसँग स्वास्थ्य उपचार गरेर छिट्टै आउन आग्रह गर्दैै पार्टी विवाद पनि सबै बसेर मिलाउन लाग्ने बताएका थिए। ‘तपाईं उपचार गरेर चाँडै आउनुस्’, पोखरेलको भनाइ उद्धृत गर्दै पाण्डेले भने, ‘तपाईं फर्किएपछि बसेर अरु पनि सल्लाह गरौँला।’ फरकधारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*