२ असार, काठमाडौं । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बुधबार अपरान्ह ४ बजे बस्न लागेको छ ।
गएरातिदेखि परिरहेको पानीका कारण आएको बाढी तथा पहिरोले मुलुकका विभिन्न जिल्लामा क्षति गरिरहेका वेला प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहने परिषद्को बैठक बस्न लागेको हो ।