हालसम्म एक लाख ६० हजार एन्टीजेन बागमतीका १३ जिल्लामा कोरोना परिक्षण गर्न पठाइयो
काठमाण्डौं, असार ३ – काठमाण्डौं उपत्यका भन्दा बाहेकका अरु १० जिल्लामा बागमतीको सामाजिक बिकास मन्त्रालय अन्तरगतको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले ६० हजार वटा एन्टीजेन किट पठाएको हो ।
प्रदेशका १३ वटा जिल्लामा हाल सम्म ६० हजार वटा एन्टीजेन किट पठाइएको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र हेटौंडाका प्रमुख बसन्त अधिकारीले जानकारी दिनुभयो । कोरोनाको संका लागेका नागरिकलाई पीसीआर पछी अर्को भरपर्दो माध्यमका रुपमा एन्टीजेन परिक्षणलाई लिइएको छ ।
प्रदेशका शहर बजार क्षेत्रमा मात्र पीसीआर ल्याब भएकाले गाउँतहमा परिक्षण गर्नका लागि एन्टीजेन सजिलो र सहज रुपमा परिक्षण गर्न सकिन्छ । यसबाट परिक्षण गर्दा नतिजा पनि छिट्टै आउने गरेको छ ।
स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले उपत्यका भन्दा बाहेकका बागमतीका दश वटा जिल्लाका स्वास्य कार्यालयहरुलाई एन्टीजेन पठाउँदै आएको अधिकारीले वताउनुभयो ।
प्रदेशका हरेक जिल्लामा कोरोना संक्रमण फैलिएको छ । पीसीआर विधिबाट मात्र परीक्षण गर्ने अवस्था छैन । पीसीआर विधिबाट परीक्षणका लागि अत्याधुनिक ल्यावको आवश्यकता पर्छ भने जनशक्ति पनि धेरै लाग्छ ।
ल्यावमा पीसीआर मेसिनका साथै रेफ्रिजेरेटर, एक्स्ट्रयाक्टर मेसिन लगायतका अन्य प्राविधिक सामग्रीको आवश्यकता पर्दछ । पीसिआर प्रविधिबाट परीक्षण गर्नका लागि लाग्ने समय, जनशक्ति र खर्चको तुलनामा एन्टिजेन किटको माध्यमबाट कोरोना परीक्षण गर्दा तुलनात्मक रुपमा सस्तो पर्ने जनस्वास्थ्यविद्हरु बताउँछन् ।
एन्टीजेन किटबाट स्वाव लिएको १५ मिनेट भित्रमा नतिजा निकाल्न सकिने छ । त्यो समयभित्र पिसिआरले सक्दैन । अहिले आउन लागेको चाही एन्टी जोन हो । यो भनेको भाइरसको सतहमा बस्ने प्रोटिनलाई पहिचान गर्ने प्रविधि हो । एउटा एन्टीबोडी हुन्छ, अर्को एन्टी जोन हुन्छ ।
पिसिआरले भाइरस भित्रको धागो पहिचान गर्छ भने यसले चाही भाइरसको सतहमा रहेको खोलमा भएका प्रोटिनहरुलाई पहिचान गर्छ । पिसिआरले भाइरसको आरएन ए पहिचान गर्छ भने आरडिटी एन्टीजेनले भाइरसको खोलको प्रोटिनलाई पहिचान गर्छ । यसले भाइरस छ भने प्रोटिन छ, भाइरस छैन भने प्रोटिन छैन भन्ने कुरा पत्ता लगाउँने यस क्षेत्रका बिज्ञहरु वताउँछन् ।
प्रश्न गर्ने केही ठाउँहरु पनि छन् । यो नयाँ हो । यस प्रविधिमा पनि पिसिआरमा जस्तै केही राम्रा किट पनि छन् केही नराम्रा किट पनि छन् । राम्रो किट पिसिआर जतिकै शक्तिशाली पनि छ ।
नेपालको लागि अहिले यो राम्रो विकल्प हुन सक्छ किनभने छिटो, छरितो र भरपर्दो रुपमा एन्टीजेन देखापरेको छ । पीसिआर परीक्षणका लागि एउटा छुट्टै ल्यावको आवश्यकता पर्छ ।
साथै सोही अनुसारको प्रविधि तथा जनशक्तिको आवश्यकता पर्छ । तर एन्टी जेन किटको माध्यमबाट एकैजनाले स्वाव संकलन गरेर किटमा राखी परीक्षण गर्न सकिन्छ । तर पिसिआर परीक्षणमा भन्दा यस प्रविधिमा कम विश्वसनियता हुने भएपनि यसले सही ढंगले नजिता निकाल्न सहयोग गर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
























