निषेधाज्ञामा पनि हेटौंडामा बिकास निर्माणको कामहरु धमाधम

असार ३, हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा सुरु भएको दुइ महिना नाघिसक्दा पनि यहाँको बिकास निर्माणका कामहरु भने रोकिएको छैन । हेटौंडाका १९ वटै वडामा बिकास निर्माणका कामले तिब्रता पाएको मेयर हरि बहादुर महत वताउनुहुन्छ ।

बितेको वर्षको कोरोना संक्रमणको समयमा भएको लकडाउनका कारण धेरै मजदुरलाई बिहान बेलुका खानकै समस्या थियो । उपमहानगरपालिका र बिभीन्न सामाजिक संघसंस्थाले राहत वितरण गरेका थिए । तर, यो वर्षको निषेधाज्ञामा भने मजदुरलाई काम गरेर भ्याइ नभ्याइ भएको छ ।

निषेधाज्ञाको समयमा कुनै पनि विकास निर्माणका काम रोकिएका छैनन् । उपमहानगरपालिकासंग संझौता भएका धेरै काम वडा तहमा भइरहेको मेयर महतले वताउनुभयो । हेटौंडाका बिभीन्न क्षेत्रमा सडकमा ग्राभेल गर्ने, स्लाब ढलान गर्ने, नाली निर्माण गर्ने, वडा कार्यालय, स्वास्थ्य कार्यालय लगायतका बिभीन्न सामाजिक संघसंस्थाका भवन निर्माण गर्ने लगाएतका कामहरु भइरहेका छन् ।

यस वर्षको निषेधाज्ञामा उपमहानगरपालिकाले काम बिहीन भएका मजदुरका परिवारलाई राहत बितरण गर्नुपरेन । अरुको तुलनामा श्रमिकहरुलाई कोरोनाको संक्रमण दर पनि निकै कम भएको छ । यो समयमा सबै भन्दा धेरै कच्चि रहेका सडकमा स्लाब ढलान भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*