नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाद्वारा विभिन्न संघ संस्थालाइ स्वास्थ्य सामग्री सहयोग

असार ३, हेटौंडा –  नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले कोरोना सचेतना अभियान अन्तर्गत विभिन्न संघ संस्थालाइ सर्जिकल माक्स तथा सेनिटाइजर हस्तान्तरण गरेको छ ।

हेटौंडा उपशाखाले हेटौंडा ४ मा रहेको पशुपति मन्दिर प्रहरी बिटलाई ४०० थान माक्स र १ लिटर सेनिटाइजर तथा पशुपति मन्दीरलाई १०० थान माक्स हस्तान्तरण गरेको हो ।

स्वास्थ सामाग्री रेडक्रस हेटौंडा उपशाखा सभापति शिबहरि दाहाल र हेटौंडा ४ नं वडा समितीका सदस्य राजेन्द्र बस्ताकोटीले प्रहरी बिटका उमेश पासवान अशोक झा र भुबनेश्वर सेवा समिती पशुपति मन्दिरका अध्यक्ष जगन्नाथ पान्डेलाइ हस्तान्तरण गर्नुभएको थियो ।

कोरोनाको महामारिमा २४ घन्टा आफ्नो कार्यस्थलमा खटिनुपर्ने हुदा जोखिमलाई न्युनिकरण गर्न सहयोग पुग्ने उद्देश्यले नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति शिबहरि दाहालले जानकारी दिनुभयो ।

हेटौंडा उपशाखाले कोरोना सचेतना अभियान अन्तर्गत विभिन्न संघ संस्था तथा अनौपचारिक क्षेत्रका मजदुरहरुलाइ स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण गरिसकेको उपशाखाका उपसभापति प्रतिमा गौतमले जानकारी दिनुभयो ।

कार्यक्रममा उपशाखाका कोषाध्यक्ष हिक्मत श्रेष्ठ, सहसचिव प्रकाश सुवेदी, सदस्य देबेन्द्र कोइराला, चुडाराज उप्रेती, अभि मैनाली, सुजन खतिवडा, पुर्ब उपसभापति हरि प्रसाद रिजाल लगायतकाको उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*