थानाभर्‍याङबाट १४३ किलो गाँजा बोकेको कन्टेनर गाडीसहित ३ जना प्रहरी नियन्त्रणमा

असार ३,हेटौंडा । हेटौंडाबाट १४३ किलो गाँजा बोकेको कन्टेनर गाडीसहित ३ प्रकाउ परेका छन् ।

स्थित पूर्व पश्‍चिम राजमार्ग स्थित बिहिबार बिहान ३ बजेको समयमा मनहरीबाट हेटौडातर्फ आईरहेको ना १ ख ९९१० नम्बरको कन्टेनर गाडीमा लागुऔषध गाँजा ल्याईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा थानाभर्‍याङमा चेकजाच गर्दा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त कन्टेनर गाडीको केविन भित्र चालक बस्ने सिट पछाडी फल्स बटम बनाई ल्याएको १२ वटा पोकामा गाँजा १४३ किलो ३०० ग्राम फेला मकवानपुर प्रहरीले जनाएको छ ।

गाँजा ओसारपसरा गर्ने उक्त गाडी चालक जिल्ला सिन्धुपाल्चोक बार्हबिसे नगरपालिका वडा नं ५ सिगार्से बस्ने बर्ष २८ को सनक बहादुर तामाङ, सहचालक सिन्धुपाल्चोक बार्हबिसे नगरपालिका वडा नं ८ मानेश्‍वरा बस्ने बर्ष २४ को सोमे तामाङ र सोही गाडिमा सवार मकवानपुर राक्सिराङ गाएँपालिका वडा नं १ गल्छराङ बस्ने बर्ष १८ को सविन तामाङलाई पक्राउ गरिएको हो ।

लागुऔषध गाँजा र कन्टेनर गाडीसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*