गण्डकी प्रदेशसभा बैठक सुरु

गण्डकी, असार ४– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।

शुक्रबार बैठक सुरु भएलगत्तै सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्री पोखरेललाई संविधानको धारा १६८ को उपधारा ६ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न समय दिएका हुन् ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार उनले शुक्रबार प्रदेशसभा बैठकमा प्रस्ताव पेस गरेका हुन् । गत जेठ २९ गते उनी संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*