एमाले सांसदद्वारा गण्डकी प्रदेशसभाका मुख्यमन्त्रीमाथि व्यंग्य प्रहार

असार ४, काठमाडौँ– गण्डकी प्रदेशसभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गरेपछि प्रस्तावबारे छलफल शुरु भएको छ ।

छलफलमा सहभागी नेकपा एमालेका सांसदले मुख्यमन्त्रीमाथि व्यंग्य प्रहार गरेका छन् । प्रस्तावमाथि आफ्नो धारणा राख्दै एमालेका सांसद कृष्णबहादुर थापाले नयाँ सरकार गठन भएपछि अनिष्ट शुरु भएको टिप्पणी गरे ।

उनले वृद्धभत्ता खाने उमेरका मुख्यमन्त्रीले प्रदेश प्रमुखको कार्यालय अगाडि गएर धर्ना दिएको भन्दै आपत्ति पनि प्रकट गरे । सांसद थापाले भने, ‘हाम्रो मुख्यमन्त्रीको कपाल सेताम्मे फुलेको छ, मनमोहन अधिकारीले १०० रुपैयाँबाट शुरु गरेको वृद्धभत्ता अहिले ४ हजार पुगेको छ । वृद्ध भत्ता लिन योग्य व्यक्तिले प्रदेश प्रमुखको कार्यालय अगाडी देखाइएको तमासाले उहाँ असक्षम रहेको पुष्टि हुन्छ ।’

यसअघि मुख्यमन्त्री नियुक्तिको माग गर्दै विपक्षी गठबन्धन पोखरेलको नेतृत्वमा प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा बसेका थिए । यसअघि विश्वासको मत माग्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सभाको स्थायित्वका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*